सीता छधारे सामुदायीक वनको १७ औँ साधारण सभामा आम्दानी २३ लाख ३० हजार बराबरको आम्दानी सार्वजनिक - Pahilo Online

सीता छधारे सामुदायीक वनको १७ औँ साधारण सभामा आम्दानी २३ लाख ३० हजार बराबरको आम्दानी सार्वजनिक

writer

अर्पना के.सी

पथरी–मोरङको पथरीशनिश्चरे वडा नं ९ र १० मा पर्ने सीता छधारे सामुदायीक वन उपभोक्ता समुहले आफ्नो १७ औँ साधारण सभा आज सम्पन्न गरेको छ।

सभामा वार्षिक प्रगति विवरण प्रस्तुत उपाध्यक्ष फणिन्द्र कार्कीले गरेका थिए ्। उनले०७५, ७६ मा सामुदायीक वनको आम्दानी २३ लाख ३० हजार ४सय १० रुपैया, खर्च २२ लाख ४५ हजार २ सय ९५ रुपैयाको आम्दानी सार्वजनिक गरिएको छ । बैकमा रहेको ७ लाख मध्ये वन पैदावर संकलनमा ६ लाख खर्च गरिने र बाकी रहेको १ लाख आउने कार्यक्रमलाई समेट्ने कार्कीले बताएकाछन् ।

अध्यक्ष शान्तीराम खड्काले प्रस्तुत गरेको भावि कार्य योजनाहरुमा आ.व ०७६, ७७ का लागी ३३ लाख ६३ हजार ५ सय ६२ रुपैया बजेट अनुमान गरेको छ जसमा वन विकाशमा २५ प्रतिशत, गरिवी न्युनिकरण मा ३५ प्रतिशत र त्यसैगरी कार्यलय संचालन र सामाजिक विकाशमा ४० प्रतिशत विनियोजन गरेको छ।

सभामा नगर उप प्रमुख यामुना विष्ट वास्तोलाको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिहरु, सव–डिभिजन वनकार्यलय कानेपोखरीका तुलसी लाल यादव, पथरीशनिश्चरे नगर वन महासंघ अधिकृत रविन्द्र राईको उपस्थिति रहेको थियो त्यसै गरी अतिथिहरुमा अन्य सामुदायीक वनका अध्यक्ष र पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सभामा वन संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति राम बहादुर लिम्बु, विष्णु कोईराला र उत्कृट २ जना वन हेरालुहरुलाई सम्मान गरिएको थियो । सभाको संञ्चालन समुहका उपाध्यक्ष फणिन्द्र कार्कीले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes