
पथरी– ग्रामीण महिला विकाश केन्द्र(एनजीओ) को आयोजना र पथरी आईटी कलेजको प्राविधिक सहयोगमा पथरीमा ३ महिने कम्प्युटर र अङ्ग्रेजी भाषा सिकाइने भएको छ। सोमबार पथरी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक र आईटी कलेजले जानकारी गराईएको छ।
पथरी शनिश्चरे नगरलाई लक्ष्यित तालिममा ५० जनालाई निशुल्क प्रदान गरिनेछ जसमा १५ जना दलित, आदिबासी, जनजाती, १० जना अनाथ, असहाय, २० जना गरिब तथा जेहेन्दार र ५ जना मधेसी गरी कोटा छुट्याइएको छ। ३ सय जनालाई विभिन्न छुटमा तालिम प्रदान गरिनेछ जसमा ३० जनालाई ९० प्रतिशत, ७५ जनालाई ८० प्रतिशत, ९५ जनालाई ७० प्रतिशत र १०० जनालाई ६० प्रतिशत छुट गराई तालिम प्रदान गरिनेछ। तालिम पश्चात् उत्कृष्टलाई जागीरको पनि अबसर प्रदान गरिनेछ।
३ महिना सम्म सञ्चालन हुने तालिम लिन नेपाली नागरीकता भएका र क्याम्पस तथा विद्यालयले सिफारिस गरेको व्यक्तिलाई मात्र अन्तर्वार्ताको माध्यमबाट छनोट गरी प्रथमिकताको आधारमा अबसर प्रदान गरिने आयोजक संस्थाकी सचिव शान्ति पाख्रिनले जानकारी दिइन्। पूर्ण छुटमा ५० जना भन्दाबढीलाई सिकाउनु पर्ने भएमा पथरी शनिश्चरे नगरपालिका सँग सहकार्य गर्ने नगरसँग सहमति भएको पनि जानकारी दिइन्।
दुवैकक्षाहरु पथरीको फर्निचर लाइनमा रहेको पथरी आईटी कलेजमा प्रदान गरिने र फर्म भोलि (मंगलबार) बाट मंसिर २२ गतेसम्म कलेजमा आई रु.२०० मा भर्न सकिने कलेजका प्रबन्ध निर्देशक मनकुमार घिमिरेले जानकारी दिए। छनोट अन्तर्वार्ता मंसिर २३ गते हुनेछ। तालिममा सहभागी हुनेले रु.७००० बराबरको कम्प्युटर कक्षा र रु.५००० बराबरको अङ्ग्रेजी भाषा निशुल्क तथा विभिन्न छुटमा लिनपाउने छन्। दुवै कक्षा लिन चाहनेले निशुल्क नपाउने तर दुवै कोर्समा छुट गराएर प्रदान गर्न सकिने पनि जानकारी गराइएको छ।
ग्रामिण महिला विकाश केन्द्रकी सचिव शान्ति पाख्रिनको अध्यक्षता भएको पत्रकार सम्मेलनमा विशिष्ट अतिथि पथरी बहुमुखी क्याम्पसका प्रमुख चेतन पौडेल, अतिथिहरुमा सामुदायीक विद्यालयमा प्रधानाध्यापक र प्रतिनिधिको उपस्थिति रहेको थियो। त्यसैगरी स्थानीय पत्रकार, सञ्चारकर्मी र क्याम्पसमा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। सम्मेलनमा उपस्थित विशिष्ट अतिथि र अतिथिहरुले सल्लाह सुझाव साथै सफलताको शुभकामना व्यक्त गरेका थिए।