पथरी शनिश्चरे नगरपालिकाकामा राष्ट्रिय बाल दिवशको अबसरमा विभिन्न प्रतियोगिता - Pahilo Online

पथरी शनिश्चरे नगरपालिकाकामा राष्ट्रिय बाल दिवशको अबसरमा विभिन्न प्रतियोगिता

writer

पथरी–मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले पहिलो पटक राष्ट्रिय बाल दिवशका अवसरमा आइतबार नगरका बालबालिकाबीच विभिन्न प्रतियोगिताको आयोजना गरेको छ ।

लुथरन विश्व फेडेरेशनको सहकार्यमा सञ्चालित कार्यक्रममा चित्रकलातर्फ जनता माविका मौसम लिम्बू प्रथम, जनकल्याणका सुरेश थापा द्वितीय र सुनाखरीकी सलिना चौधरीले तृतीय स्थान हाँसिल गरे । त्यसैगरी, कविता लेखनतर्फ, सिंहवाहिनीकी लक्ष्मी राई प्रथम, सुगाहाटका झकेन्द्र खत्री द्वितीय र भागिरथका हेमचन्द्र शिवा तृतीय भए।

म्यूजिकल चियरतर्फ जनता माविका आर्यन धिमाल प्रथम, जनता माविकै युनिक गौतम द्वितीय र सुभेक्षा तामाङले तृतीयले स्थान हाँसिल गरे। सुगाहाट माविकी कविता शाहले हण्डिफोरको पुरस्कार जितिन्। विश्वनाथ संस्कृत विद्यालयका विराज पोखरेलले संस्कृतमा निवन्ध प्रस्तुतिको फरक सहभागिता जनाउनु भएको कार्यक्रम संयोजक गीता कट्टेलले जानकारी दिइन् । सामुदायिक विद्यालयका विद्यार्थीबीच प्रतियोगिताको आयोजना गरिएको थियो ।

कार्यक्रममा, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, उपसचिव शालिकराम काफ्ले, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, लुथरनका कर्ण नेपाली, भूटानी शरणार्थी शिविर व्यवस्थापन समिति सचिव चम्पासिंह राई सहितले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes