भुल्के पशुपति सामुदायीक वनको ८ औँ साधारण सभा समपन्न - Pahilo Online

भुल्के पशुपति सामुदायीक वनको ८ औँ साधारण सभा समपन्न

writer

Santosh Khaling Rai

पथरी–मोरङको पथरीशनिश्चरे वडा नं १० मा रहेको भुल्के पशुपति सामुदायीक वन उपभोक्ता समुहले ८ औँ साधारण सभा आइतबार समपन्न गरेको छ।

सभामा वार्षिक प्रगति विवरण सचिव अनु राईले प्रस्तुत गरेकी थिइन्। आन्तरीक लेखा संयोनक खगेन्द्र बहादुर थापाले प्रस्तुत गरेको लेखा प्रतिवेदनमा आर्थिक वर्ष ०७५, ७६ मा सामुदायीक वनको आम्दानी ३७ लाख ९६ हजार ५ सय ६६ रुपैया, खर्च ३५ लाख ७५ हजार ४ सय ९६ रुपैया र बैंक मौज्दात २ लाख २१ हजार ७० रुपैया देखिएको छ।

सम्मान कार्यक्रम

अध्यक्ष पदम पाख्रिनले प्रस्तुत गरेको भावि कार्ययोजमा हरुमा आ.व ०७६, ७७ का लागी २५ लाख ८ हजार २ सय १२ बजेट अनुमान गरेको छ जसमा वन विकाशमा २५ प्रतिशत ६ लाख २७ हजार, गरिवी न्युनिकरण मा ३५ प्रतिशत ८ लाख ७७ हजार ८ सय ७४ रुपैया २० पैसा र त्यसैगरी सामाजिक विकाशमा ४० प्रतिशत १० लाख ३० हजार २ सय ८४ रुपैया ८० पैसा अनुमान गरेका छन्।

सभामा प्रदेश १ सामुदायीक वन महासंघ सचिव अग्नि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिहरु मोरङ जिल्ला वन महासंघ रामकृष्ण राई, सव–डिभिजन वनकार्यलय कानेपोखरीका तुलसी लाल यादव, पथरीशनिश्चरे नगर वन महासंघ अध्यक्ष रविन्द्र राईको उपस्थिति रहेको थियो त्यसै गरी अतिथिहरुमा अन्य सामुदायीक वनका अध्यक्ष र पदाधिकारीहरु रहेका थिए।

छात्रवृत्ति प्रदान कार्यक्रम

सभामा वन संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति र उपभोक्ताहरुलाई दोसल्ला र कदर पत्रले सम्मान गरिएको थियो त्यसैगरी गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो। आइतबारको सभाले पारिश्रमिक विषयमा कार्यलयको कामकाजमा पदाधिकारी विराटनगरसम्म जानु परेमा अन्य खर्च बाहेक रु.५०० भत्ता बापत दिने व्यवस्था गरेको छ। लेखापरीक्ष नियुक्तिको विषयमा भने निर्णय टुङ्गोमा नपुगेको र केहि दिन भित्रै टुङ्गो लाग्ने समुहकी सचिव अनु राईले जानकारी दिइन् त्यसैगरी सभाले विभिन्न विषयमा छलफल गरि निर्णय पारित गरिको समुहको अध्यक्ष पदम पाख्रिनले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes