राष्ट्रीय बाल दिवशको अबसरमा मङगलबारे बाल क्लवले गर्यो विभिन्न कार्यक्रम - Pahilo Online

राष्ट्रीय बाल दिवशको अबसरमा मङगलबारे बाल क्लवले गर्यो विभिन्न कार्यक्रम

writer

अर्पना के.सी

पथरी–मोरङको पथरी शनिश्चरे ८ मा रहेको मङगलबारे बाल क्लवले आज राष्ट्रीय बाल दिवशको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको छ ।

कार्यक्रममा विशिष्ट अतिथी वडा नं ८ का वडा अध्यक्ष बाबुराम दाहालले बालबालिकाहरुले आफ्नो अधिकारलाई सधैँ कायम राख्न अघि बढ्नु पर्ने बताएकाछन् । बालबालिकाहरुको हक अधिकार हनन् हुन नदिन बाल क्लवहरु सक्रिय भएर संरक्षणमा लाग्नु पर्ने बताएका हुन् ।वडाका तर्फबाट बालबालिकाहरुलाई आवश्यक पर्ने काम गर्न पछि नपर्ने बताएकाछन् । उनले बाल श्रम शोषण गर्न नहुने र बालबालिकाहरुले सुरक्षित महसुस गर्न पाउनु पर्ने बताएकाहुन् ।

कार्यक्रममा विभिन्न बाल क्लव, विद्यालयहरुका विद्यार्थीहरु बिच गरीएको हाजिरी जवाफ प्रतियोगितामा उज्वलको समुह १४ अंक ल्याएर प्रथम, तिलकको समुह ८ अंक ल्याएर द्घितीय र सञ्जयको समुह ७ अंक ल्याएर तृतीय स्थान हासिल गर्न सफल भए। यसै गरी भित्र बाहिरी खेलमा प्रतिक राई प्रथम, शिक्का मगर द्घितीय,र सपना तामाङ तृतीय भए । यस्तै म्युजीकल चियरमा, प्रथम, द्घितीय,र तृतीय क्रमश शान्ती लिम्बु, सावित्रा लिम्बु, र प्रतिमा दर्जी रहेकाछन् भने चक्लेट झुन्ड्याई प्रतियोगितामा, प्रथम, द्घितीय र तृतीय क्रमश रोशिका उप्रेती, आयुस राई र युनिस राई भएका थिए। यस्तै कार्यक्रममा जनचेतनामुलक नाटक पनि प्रस्तुत गरिएको थियो ।

यस कार्यक्रममा वडाका १० जना वृद्घावृद्घहरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा वडा नं ८ का वडा सचिव लिलाराज भट्टराई,वडा सदस्य सिर्जना भट्टराई घिमिरे,समाजसेवी सरसस्वती चौधरी,पवित्रा खड्का विभिन्न विद्यालयका शिक्षक,विद्यार्थी, विभिन्न बाल क्लवहरुका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको बिच बिचमा साङतिक मनोरञ्जनमा नृत्य,गायन प्रस्तुत गरीएको थियो ।दर्शकहरुको लागी रिचार्जकार्डको व्यावस्था पनि गरिएको थियो । कार्यक्रम मङगलबारे बाल क्लव अध्यक्ष शिवन धिमालको सभापतित्वमा सम्पन्न भएको थियो भने मङगलबारे बाल क्लवका संरक्षक कमल लावतीले सञ्चालन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes