सुरक्षा व्यवस्था भरपर्दो भए मात्र सुशासन कायम गरी समृद्धि हासिल गर्न सकिने-मुख्य मन्त्री - Pahilo Online

सुरक्षा व्यवस्था भरपर्दो भए मात्र सुशासन कायम गरी समृद्धि हासिल गर्न सकिने-मुख्य मन्त्री

writer

मोरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सुरक्षा व्यवस्था भरपर्दो भए मात्र सुशासन कायम गरी समृद्धि हासिल गर्न सकिने बताएका छन्। संघीय सरकारको गृह र प्रेदश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।

उनले सबै प्रकारको अपराध नियन्त्रण गरी शान्ति सुरक्षा र सुव्यवस्थापन कायम गरिनु पर्नेमा जोड दिए। सुरक्षा चुनौती बढेको भन्दै मुख्यमन्त्री राईले विप्लप समूहलाई इंकित गर्दै प्रदेशमा चन्दा आतंक बढेको बताए। उनले संगठित अपराध, हत्या हिंसा, चोरी लुटपाट जस्ता घटना हुन नदिन भरपर्दो सुरक्षा कायम गनुपर्ने बताए। उनले संघ प्रदेश र स्थानीय तहको सहकार्य राम्रो भएमात्र समाजका सबैखाले अपराध नियन्त्रण हुने र शान्ति सुरक्षा भरपर्दो भएर जाने बताए।

उनले संघमा प्रहरी ऐन बनिसकेकोले अब चाँडै प्रदेशमा पनि प्रहरी ऐन लागू हुने जानकारी गराए। ‘प्रदेशमा सुरक्षा चुनौती बढेको छ’, उनले भने, ‘सबै प्रकारको अपराधलाई नियन्त्रण गरेर सुव्यावस्थापन कायम गरेर जानु पर्दछ।’ मुख्यमन्त्री राईले भ्रष्टाचार अन्त गरेर सुशासन कायम गराउनका लागि कठोर बन्न प्रदेशमा रहेका सबै सुरक्षा निकायलाई निर्देशन दिए।

‘भ्रष्टाचार रहेसम्म जनताले शान्ति सुरक्षाको अनुभूति भरपर्दो ढंगले गर्न पाउँदैनन्’, मुख्यमन्त्री राईले भने, ‘योजना र सेवामा हुने कमिसन तथा भ्रष्टाचार अन्त्य गराउन प्रदेश सरकारले शून्य सहनशीलताको नीति लिएकोले त्यसलाई कठोरतासाथ पालना गरिनु पर्दछ।’ प्रदेश १ लाई नमुना बनाउन सुशासन कायम गराउनै पर्छ यसैले सबैले कठोर बन्न आवश्यक रहेको उनले बताए। भ्रष्टाचारको सूचना पाएमा सरकारले एक घण्टाभित्र कारबाही गरेर देखाउने प्रतिवद्धता गरेको जानकारी गराउँदै गलत गर्नेहरू कसैले पनि उन्मुक्ति पाउन नसक्ने मुख्यमन्त्री राईको भनाई थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes