इटहरी–इटहरी १५ मा छोराले आफ्नै बुवा र हजुरबुवालाई कुटपिट गरी घाइते बनाएका छन । इटहरी १५ पडहरीया टोलका राजेश चौधरीले आफ्नो ३५ बर्षिय बुवा रामकुमार चौधरी र ५१ बर्षिय हजुरबुवा राजनारायण चौधरीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
कुटपिटका कारण दुबै जनाको टाउको चोट लागेको र अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने राजेश भने फरार रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।