प्रदेश १ मा महिलाहरुको महान पर्व जितियामा सार्वजानिक विदाको माग - Pahilo Online

प्रदेश १ मा महिलाहरुको महान पर्व जितियामा सार्वजानिक विदाको माग

writer

झुम्का– नेपाल सरकारले सार्वजानिक विदा कटौति गरेका थारु समुदायका महिला तथा तराईरमधेशमा बसोवास गर्ने महिलाहरुको महान पर्व जितिया पर्वमा प्रदेश १ मा सार्वजानिक विदाको माग गरेको छ । प्रदेश १ मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयमा ज्ञापन पत्र बुझाउँदै सार्वजानिक विदा माग गरेको थारु कल्याणकारीणी सभाका पुर्व केन्द्रिय अध्यक्ष चन्द्रकुमार चौधरीले जानकारी दिएका छन ।

उक्त पत्र बुझाउँदै थारु कल्याणकारीणी सभा सुनसरीका अध्यक्ष सुरेन्द्र चौधरी, इटहरी उप–महानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, आदिवासी जनजाति महासंघ रामधुनीका अध्यक्ष राजकुमार चौधरी,थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीका अध्यक्ष जानकी चौधरी, थारु महिला सभा रामधुनीका अध्यक्ष सिता चौधरी लगायतले सार्वजानिक विदा हुनु पर्ने माग राखेर ज्ञापन पत्र बुझाएका छन ।

थारु महिला तथा तराईमा बसोवास गर्ने महिलाहरुले यही असोज ५ गते जितिया पर्व सभ्य, भव्य र धुमधामका साथ मनाउने तयारीमा रहेको थारु कल्याणकारीणी सभा सुनसरीका कार्यक्रम संयोजक तारादेवी चौधरीले जानकारी दिएकी छिन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes