साउदीका दुईओटा सरकारी तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण - Pahilo Online

साउदीका दुईओटा सरकारी तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

writer

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगो लागेको थियो । दुवै आगलागी नियन्त्रणमा आइसकेको छ । उक्त तेल प्रशोधन केन्द्र संसारकै सबैभन्दा विशाल तेल प्रशोधन केन्द्र मानिन्छ ।

विगतमा भएका यस्ता आक्रमणमा इराननिकट यमनका विद्रोही हुथी समूहमाथि आरोप लगाइने गरिन्थ्यो । तर, यो आक्रमणमा भने कसको संलग्नता छ भन्ने स्पस्ट भइसकेको छैन । यसअघि, सन् २००६ मा अबकाइसमा रहेको तेल प्रशोधन केन्द्रमा अल–कायदाको आक्रमण प्रयासलाई साउदी सुरक्षा बलले विफल तुल्याएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes