पौडी खेल्ने क्रममा कामदारको मृत्यु - Pahilo Online

पौडी खेल्ने क्रममा कामदारको मृत्यु

writer

संखुवासभा – खोटाङको दिप्रुङ चिचुम्बा गाउँपालिका ६ घर भई संखुवासभाको मकालु गाउँपालिका ५ मा रहेको अरुण थर्ड शाखा एस्.एम.राज कम्पनीका कामदार ३५ बर्षीय दिलिप थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । शुक्रवार बेलुका साँढे ६ बजेको समयमा मकालु गाउँपालिका ५ मा रहेको राते खोलामा पौडी केल्ने क्रममा थापाको डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै अस्थायी प्रहरी पोष्ट आमराङबाट खटिएको प्रहरी टोलीले थापालाई खोलामा मृत अवस्थामा फेला पारेको थियो । सो स्थानमा थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes