
विराटनगर—डेंगुका कारण विराटनगरमा एक किशोरको मृत्यु भएको छ । विराटनगर– १० का १८ वर्षीय अभिनाश शर्माको बुधबार उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । अविनाशलाई भदौ २० गते ज्वरो आएपछि उपचारका लागि सप्तकोशी नर्सिङ होममा भर्ना गरिएको थियो। अस्पतालमा गरिएको परीक्षणमा उनलाई डेंगुको संक्रमण देखा परेको थियो।
घरमै राखेर चिकित्सकको सिफारिसमा औषधि खुवाउँदै आएपनि ज्वरो झन् बढेपछि उनलाई विराटनगरकै गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको बुधबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकरी दिए। डेंगुका कारण मृत्यु यो घटना मोरङमा पहिलो भएको उनले जानकारी दिए।
प्रदेश १ मा पहिलो पटक धरानमा बैशाख ३० गते डेंगु देखिएको थियो। डेंगुका कारण ५६ जिल्लामा प्रभावित भएका छन्। मोरङमा जेठ पहिलो साताबाट डेंगु भित्रिदा हालसम्म १ सय ५९ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ।