हाम्रो नेपाल सहकारीले सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा गर्दै - Pahilo Online

हाम्रो नेपाल सहकारीले सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा गर्दै

writer

झापा–झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ । सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार प्रदान गर्दै आएको हो। सहकारीबाट समृद्धि होस् भन्ने मुख्य उद्देश्य राखेर आयआर्जनका क्षेत्रमा महिलाको सहभागीता गराउँदै महिलालाई बचत गर्ने बानीको विकास गराउनसमेत सुत्केरी महिलालाई प्रोत्साहनस्वरूप नगद उपहार थालिएको सहकारीका अध्यक्ष भवानीप्रसाद दङ्गालले बताए। उनले भने,“सुत्केरी अवस्थामा पोषिलो खानेकुरा आवश्यक पर्छ, तसर्थ हामीले यस्तो अवस्थामा आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै पौष्टिक आहारका लागि जसले महीनामा जति रुपैयाँ बचत गर्नुहुन्छ त्यत्तिनै रुपैयाँ सहकारीबाट दिन्छौँ।”उनका अनुसार सहकारीमा आबद्ध महिलाहरुले सुत्केरी हुँदा न्यूनतम ५०० रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म उपहार पाएका छन्।

अध्यक्ष दङ्गालले भने, “महीनामा ५०० बचत गर्ने महिलाले सुत्केरी हुँदा ५०० रुपैयाँ पाउनुहुन्छ भने मासिक पाँच हजार रुपैयाँ जम्मा गर्ने महिलाले सुत्केरी हुँदा पाँच हजार रुपैयाँ नै पाउछ।” सहकारीले योसँगै नवजात शिशुको निःशुल्क खाता खोल्दै ५०० रुपैयाँदेखि पाँच हजार रुपैयाँ खातामा बचत गरिदिने गरेको अध्यक्ष दङ्गालको भनाइ छ। आव २०७५, ७६ मा सहकारीमा आबद्ध ४१ महिला सुत्केरी भएको र उनीहरुलाई ७७ हजार रुपैयाँ सहकारीले सुत्केरी सुविधा प्रदान गरेको छ। त्यस्तै ४१ नवजात शिशुको निःशुल्क खाता खोल्दै ४९ हजार ५०० रुपैयाँ बचत गरिदिएको अध्यक्ष दङ्गालले बताए।

सहकारीमा आबद्ध सदस्यको मृत्यु भएमा समेत सहकारीले ऋण मिनाहा गर्दै आएको छ। परिवारलाई आर्थिक भारबाट मुक्त गराउन सहकारीले सदस्यको मृत्यु भएमा सबै ऋण मिनाहा गर्दै आएको सहकारीका अध्यक्ष दङ्गालले बताए। आव २०७५, ७६ मा सहकारीमा आबद्ध पाँच जनाको निधन हुँदा चार लाख २८ हजार ५९७ रुपैयाँ ऋण मिनाहा भएको अध्यक्ष दङ्गालले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes