ओखलढुंगा–सिद्धिचरण नगरपालिका १० मा आगलागीबाट एक घर जलेर पूर्णरूपमा क्षती भएको छ। सिद्धिचरण नगरपालिका १० निवासी टेकप्रसाद धमलाको घर आगलागीबाट नष्ट भएका हो। बिहान ८ बजे आकस्मिकरूपमा लागेको आगोबाट घर पूर्णरूपमा जलेको छ भने घरभित्र रहेको अन्न, लत्ताकपडासहित २० हजार नगद पनि जलेको पीडित धमलाले बताए। बिहान ८ बजेबाट सरु भएको आगलागी नियन्त्रणका लागि ९ बजे मात्रै प्रहरीलाई जानकारी भएको र जानकारी पाउनासथ प्रहरी टोली घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्र्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए।
आगलागीबाट घरमा भएको अन्न, लत्ताकपडा, केही सामान पनि निकाल्न नभ्याएको भएको उनको भनाइ छ। प्रहरीका अनुसार आगलागीबाट करीव ६ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ।