ताप्लेजुङमा साढे २ अर्बको आलु उत्पादन भए पनि आत्मानिर्भर हुन सकेको छैन - Pahilo Online

ताप्लेजुङमा साढे २ अर्बको आलु उत्पादन भए पनि आत्मानिर्भर हुन सकेको छैन

writer

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा अलैँचीपछि उच्च आम्दानी दिने अर्को नगदेबाली आलु भए पनि आत्मा निर्भर हुन सकेको छैन। अलैंचीपछि आलुले आम्दानीको मोटो हिस्सा ओगटेको छ। जिल्लाका ९० प्रतिशत कृषकले हिमालदेखि औलसम्म आलुखेती गर्छन्। सरकारी निकायको तथ्यांकलाई मान्ने हो भने वार्षिक अढाइ अर्बको आलु उत्पादन हुन्छ। तर, जिल्लाको उत्पादन जिल्लाका लागि पर्याप्त छैन्। कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत आर्थिक वर्ष ४२ हजार मेट्रिक टन आलु उत्पादन भयो। यहाँको आलु ४० देखि सय रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ। यति धेरै मात्रमा उत्पादन हुँदा पनि स्थानीयले बाहिरी जिल्लाबाट आलु खरिद गर्नुपर्ने अवस्था छ।

जिल्लामा कति आलु आयात गरिन्छ र माग कति हो भन्ने तथ्यांक कसैसँग छैन। व्यवसायीहरूका अनुसार स्थानीय आलुले पाँच प्रतिशत पनि माग धान्दैन। ‘अहिले लोकल आलुको सिजन हो र पनि हप्तामा ४० क्विन्टलभन्दा बढी बाहिरबाट ल्याउनुपर्ने अवस्था छ,’ एक व्यापारीले भने, ‘स्थानीय आलु अबको एक महिनामा सकिने हुँदा त्यसपछि दोब्बर आयात गर्नुपर्छ।’ स्थानीय आलुको मूल्य प्रतिकिलो ७० देखि ८० र आयातीत आलुको ४० देखि ४५ रुपैयाँ छ। आलुमा आत्मनिर्भर बनाउन तत्कालीन कृषि विकास कार्यालयले विसं २०७१ बाटै विभिन्न कार्यक्रम सञ्चालन गर्याे। परम्परागत खेती प्रणालीबाट मुक्त गराई आधुनिक खेतीमा लगाउन भन्दै पकेट तथा ब्लक क्षेत्र बनाएर विभिन्न अनुदान दिने, बिउ आलु भण्डारण केन्द्र निर्माण, तालिम भ्रमण जस्ता कार्यक्रममा लाखौं खर्च गरियो। स्थानीय सरकार गठन भएपनि पनि कृषिमा पर्याप्त कार्यक्रम हुने गरेको छ। तर, आयात भने वर्से्नि बढ्दो छ।

आलुको उत्पादनमा सरकारले लगानी गरेको लामो समय भइसक्दा उत्पादन भने घट्दो क्रममा छ। तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७१, ७२ मा ३ हजार ९ सय हेक्टरमा गरिएको खेतीबाट ४८ हजार ३ सय ४५ मेट्रिकटन आलु उत्पादन भएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes