गुरुकुलमा अंग्रेजी पढाइ हुनथालेपछि विद्यार्थी आकर्षित - Pahilo Online

गुरुकुलमा अंग्रेजी पढाइ हुनथालेपछि विद्यार्थी आकर्षित

writer

झापा- झापा, शिवसताक्षी नगरपालिका १०, माइधारको अनन्त आदर्श विद्यापीठमा गत वैशाख अघिसम्म जम्माजम्मी १० विद्यार्थी रहेकोमा अंग्रेजी विषय पढाइ हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको छ । विद्यापीठले यसै शैक्षिक सत्रदेखि अंग्रेजी विषय थप गरी अध्यापन सुरु गरेपछि विद्यार्थीको संख्या बढेर २५ पुगेको छ । ‘पहिला संस्कृत विषयको मात्रै पठनपाठन हुँदा, विद्यार्थी पाउनै मुस्किल थियो,’ विद्यापीठका प्राचार्य बालकृष्ण शर्माले भने, ‘वैशाखपछि अंग्रेजी विषय पढाउन सुरु गरेपछि विद्यार्थीको संख्या वृद्धि भएको छ ।’

यो विद्यापीठ २०२८ सालमा स्थापना भएको हो । २०५५ देखि कक्षा ८ कक्षासम्म अध्यापन अनुमति पाएको थियो । विगतमा गुरुकुलीय पद्धतीबाट सञ्चालित यस विद्यालयमा संस्कृतका ४ विषय वेद, व्याकरण, संस्कृत भाषा र कर्मकाण्ड मात्रै पढाइ हुन्थ्यो । ‘त्यो बेला गुरुकुलमा अंग्रेजी पढाउनु हुन्न भन्ने धारणा थियो,’ विद्यापीठका पूर्व विद्यार्थीसमेत रहेका अध्यापक दामोदर गौतमले भने, ‘अंग्रेजी भाषाको महत्त्वलाई बुझेर अहिले समावेश गरिएको हो ।’

सरकारले तोकेको पाठ्यक्रम अनुसार संस्कृतका ४ सहित अंग्रेजी, गणित, सामाजिक र नेपाली विषय गरी ८ वटा विषयमा पठनपाठन हुन थालेको छ । गुरुकुलमा संस्कृतसहित अंग्रेजी र अन्य विषयको समेत पठन पाठनपछि अभिभावकसमेत नानीहरूलाई पढाउन गुरुकुल शिक्षाप्रति आकर्षित भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes