बालिकालाई जवरजस्तीकरणी गर्ने बसका चालक र सहचालक पक्राउ - Pahilo Online

बालिकालाई जवरजस्तीकरणी गर्ने बसका चालक र सहचालक पक्राउ

writer

मोरङ – मोरङको रंगेलीमा एक बालिकालाई बसभित्रै जवरजस्तीकरणी गर्ने बसका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । रंगेली नगरपालिका वडा नम्वर ३ घर भई ना ६ ख ९३४४ नम्बरको वसका चालक वर्ष ३७ को किरण खड्का र सोही वसका सहचालक उर्लावारी नगरपालिका वडा नम्वर ४ घर भएका वर्ष १९ को सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

धनकुटा घर भई हाल आफन्तको घरमा बस्दै आएकी बर्ष १५ की बालिकालाई गत भदौ २२ गते बस भित्रै जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । वेतना सिमसार घुमफिर गरी दमक तर्फ जान हिँडेकी बालिका दमक पुगे पछी वसबाट झर्न खोज्दा झर्न नदिई ललाई फकाई सोही वसमा पथरीशनिश्चरे हुँदै रंगेली नगरपालिका ९ स्थित दोहमना हाटचौक लगेर बसभित्र जवरजस्ती गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

२२ गते साँझ साँढे ६ बजेको समयमा सोही वस भित्र वस चालक किरण खड्काले बालिकालाई हात समाई वसको भित्र सवै भन्दा पछाडी रहेको सिटमा जवरजस्ती करणी गर्न खोज्दा बालिका बसबाट चिच्याउँदै बाहिर निस्किएकी थिईन्। बसकै ढोकामा रहेको सोही वसका सह–चालक सन्तोष न्यौपानेले जवरजस्ती हात समाई फेरी बस भित्र तानेर लग्न खोज्दा पिडिताले प्रतिकार गर्दै चिच्याई हल्ला खल्ला गरेपछि स्थानीयले घटना वारेमा प्रहरीलाई खवर गरेका थिए ।

घटना ईलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले चालक र सह चालकलार्य पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी श्रेष्ठले बताए । पक्राउ परेका चालक र सहचालकको बारेमा अनुसन्धान भईरहेको र उनीहरुलाई ईलाका प्रहरी कार्यालय रंगेलीद्वारा मुलुकी अपराध संहिता २०७६ वमोजिम म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes