पहिरोले सभाखोला थुनिएर ताल बनेपछि बाह्रविसे बजार लगायतका बस्ती उच्च जोखिममा - Pahilo Online

पहिरोले सभाखोला थुनिएर ताल बनेपछि बाह्रविसे बजार लगायतका बस्ती उच्च जोखिममा

writer

संखुवासभा–जिल्लाको सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको छ। बुधबार दिउँसो वर्षासँगै आएको पहिरोले सभाखोला थुनिएपछि बाह्रविसे बजार लगायतका बस्ती उच्च जोखिममा परेको हो। दिउँसो ३ बजे तिर झरेको पहिरोले सभापोखरी गाउँपालिका कार्यालय रहेको बजार भन्दा तिन किलोमिटर माथि ४ र ६ वडाको बिचमा रहेको फाक्सीबुकमा ताल बनेको छ। करिव सात सय मिटर माथि खेवउरिङ गाउँबाट झरेको पहिरोले सभाखोला थुनिएर ठूलो ताल बनेको वडा नम्बर ६ का वडाध्यक्ष विकास पौडेलले जानकारी दिए।

पहिरोले ताल बनाएका कारण गाउँपालिका केन्द्र रहेको बाह्रविसे बजार र खोला किनारका बस्ती उच्च जोखिममा परेको उनले बताए। पहिरोले सभाखोला थुनिए पछि तिन सय मिटर लामो ताल बनेको छ। वडाध्यक्ष पौडेलका अनुसार त्यस क्षेत्रमा पानी परिरहेको कारण ताल कुनै पनि बेला फुट्ने सक्ने अवस्था रहेको बताए। बाह्रविसे बजार र खोला किनारमा रहेका १ सय घर जोखिमा पर्ने उनको भनाइ छ। घटना स्थल सदरमुकाम खाँदबारी बाट एक दिनको पैदलमा पर्छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes