खोटाङ – धारिलो हतियार प्रहार बाट एक जना गम्भिर घाईते भएका छन् । मझुवागढी नगरपालिक ५ का बलाराम कटुवाल लाइ उनकै भतिजा दिनेश कटुवालले टाउकोमा खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएका हुन् । समान्य विवादको क्रममा एक्कासी उनीमाथी खुकुरी प्रहार भएको हो ।
घाईते भएका कटुवालको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ भने मादक पदार्थ सेवन गरि खुकुरी प्रहार गर्ने दिनेश कटुवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।