तेस्रो लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रित गोल्डकप २०७६ असोज ४ गतेदेखि - Pahilo Online

तेस्रो लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रित गोल्डकप २०७६ असोज ४ गतेदेखि

गोल्डकपको खेल तालिका सार्बजनिक

writer

पत्रकार सम्मेलन

पथरी – मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा तेस्रो लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रित गोल्डकप २०७६ यहि असोज ४ गतेदेखि १० गतेसम्म प्रतियोगिता हुनेभएको छ। गोल्डकपको बारेमा आयोजक डाँगीहाट युथ क्लबले सोमबार बिहान पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगितामा बिजेताले ५ लाख र उपबिजेताले २ लाख ५० हजार नगद पुरस्कार,ट्रफि र मेडल प्राप्त गर्नेछन । प्रतियोगितामा एपिएफ काठमाण्डौ,मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ,नेपाल पुलिस क्लब काठमाण्डौ,रोयल क्लब भारत, गोर्खा ब्वाईज क्लब बुटबल,आयोजक डाँगीहाट युथ क्लब र धरान फुटबल क्लब सुनसरी सहभागी हुने भएका छन ।

प्रतियोगितामा ३१ लाख खर्च हुने र ३३ लाख आम्दानी हुने अनुमान गरिएको आयोजक क्लबका अध्यक्ष बिक्रम राईले जानकारी दिएका छन । प्रतियोगितालाई बुद्ध एअरले प्रायोजन गर्ने भएको छ भने टुबोर्ग बियर सहप्रायोजक रहेको छ । प्रतियोगितामा हरेक दिन म्यान अफ दि म्याच सहित ६ वटा बिधामा पुरस्कार प्रदान गरिने जनाईएको छ । यसअघि दुईपटक गोल्डकप आयोजना गरिसकेको क्लबले गत बर्षको तुलनामा पुरस्कार राशि समेत दोब्बर बनाएको अध्यक्ष राईले जानकारी दिए ।

पत्रकार सम्मेलनमा खेल संयोजक अजित अधिकारी,बेलबारी वडा नम्बर ११ का वडाध्यक्ष यामबहादुर पोख्रेल (राजन) लगायतले यो प्रतियोगिता यस क्षेत्रको गौरवको बिषय भएको र सबैले प्रतियोगिता सफल बनाउन जुटनुपर्ने बेला भएको बताए । प्रतियोगिता सफल बनाउन बिभिन्न उपसमितिहरु निर्माण गरी काम समेत शुरु गरिएको छ । बेलबारी ११ लक्ष्ममिार्गको लक्ष्मी मावि खेलमैदानमा आयोजना हुने प्रतियोगितामा १० हजार बढी दर्शकहरुले गोल्डकप अबलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

गोल्डकपको खेल तालिका सार्बजनिक
डाँगीहाट युथ क्लब बेलबारी ११ लक्ष्मीमार्गको आयोजनामा यहि असोज ४ गतेदेखि ११ गतेसम्म आयोजना हुने तेस्रो लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको खेल तालिका बुधबार सार्बजनिक भएको छ ।

तालिका अनुसार असोज ४ गते शनिबार आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग मोरङ र धरान फुटबल क्लब सुनसरी बिच खेल हुने छ । असोज ५ गते शनिबार झापा ११ झापा र एपिएफ काठमाण्डौ बिच खेल हुने छ भने असोज ६ गते सोमबार मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ र गोर्खा ब्वाईज क्लब बुटबल बिच खेल हुने छ ।

असोज ७ गते नेपाल पुलिस क्लब काठमाण्डौ र रोयल क्लब वेष्ट बंगाल भारत बिच खेल हुने छ । असोज ८ र ९ गते सेमिफाईनलका खेल हुने छ भने १० गते शुक्रबार फाईनल खेल हुने आयोजक समितिका अध्यक्ष बिक्रम बान्तावा राईले जानकारी दिएका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes