हात्ती पिडीतलाई पथरी शनिश्चरे नगरद्वारा राहत प्रदान - Pahilo Online

हात्ती पिडीतलाई पथरी शनिश्चरे नगरद्वारा राहत प्रदान

writer

पथरी–मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० जिरिखिम्ती र पशुपतिनगर क्षेत्रका हात्ती पिडीत ८ परिवारलाई नगरपालिका कार्यालयले आज राहत प्रदान गरेको छ ।जंगली हात्तीले गाउँ पसेर घर घरमा क्षति पुर्याएपछि क्षतिको विवरण हेरेर २ हजार ५ सयदेखि १५ हजार रुपैयाँसम्म प्रति घरलाई चेक प्रदान गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, उपसचिव शालिकराम काफ्ले, कार्यपालिका सदस्य मैनादेवी फुयाँल आचार्य सहितले नगरपालिका कार्यालयमा राहतको चेक हस्तान्तरण गरे। राहत प्राप्त गर्नेहरुमा, खडानन्द खतिवडा, हिरण्य मगर, गणेशबहादुर घिमिरे, पुष्पबहादुर दर्जी, चन्द्रमाया दर्लामी, धनमाया राई, देवीबहादुर खड्का र इन्द्रबहादुर कार्की रहका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes