धरानमा लागुऔषध सहित ३ जना पक्राउ - Pahilo Online

धरानमा लागुऔषध सहित ३ जना पक्राउ

writer

सुनसरी–धरान उप–महानगरपालिका ८ बाट लागु औषध सहित ३ जना पक्राउ परेका छन् । सोमवार दिउँसो ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले को ४ प १७३५ र को १० प ४७४७ नम्बरको मोटरसाईकलमा सवार धरान १४ का ४० बर्षीय कुमार बस्नेत, धरान ७ का ३२ बर्षीय वसिम खान र ३४ बर्षीय राजेश भनिने नविन भण्डारीलाई डाईलक्स डि.सी. १० बोतल, स्पास्मोप्रोक्सिवन प्लस ९० क्याप्सुल, नाईट्रोसन २५ ट्याब्लेट, मोवायल २ थान र नगद २८,७४० सहित पक्राउ गरेको हो । पक्राउ परेका ३ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes