अज्ञात समूहद्वारा झापाका दुइ स्थानमा बम विस्फोट - Pahilo Online

अज्ञात समूहद्वारा झापाका दुइ स्थानमा बम विस्फोट

writer

साहारा नेपालको निर्माणाधीन भवन

झापा-विर्तामोड स्थित साहारा नेपालको निर्माणाधीन भवन र गौरादह नगरपालिका प्रमुख प्रशासकीयको सरकारी सवारी साधनमा अज्ञात समूहले झापाका दुइ स्थानमा बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आइतबार राती साढे ११ बजे उनिहरुले विस्फोट गराएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । गौरादहका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको गाडीमा क्षति पुगेको उनले जनाए ।

प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको गाडी

सुरक्षा निकायमा सवारी राख्न भनेपनि मिश्रले कार्यालय नजिकै रहेको डेरामा राखेका थिए । गाडीको टायरमुनी बम विस्फोट भएकोले धेरै क्षति भएको डिएसपी श्रेष्ठको भनाइ छ । सहारको भवनमा सीसा लगायतमा क्षति पुगेको छ ।

घटनापछि सिसी क्यामेराको सहायताबाट सोमबार विहान ४ बजे विर्तामोडबाट दुइजना शङ्कास्पद् व्यत्तिलाइ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes