शिक्षा दिवशको अवसरमा सिर्जना फाईनान्स सम्मानित - Pahilo Online

शिक्षा दिवशको अवसरमा सिर्जना फाईनान्स सम्मानित

writer

मोरङको उर्लावारी न.पा. ०८ अवस्थित लक्ष्मी माध्यमिक विद्यालयले ४०औं शिक्षा दिवशको अवसरमा सिर्जना फाईनान्सलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा सिर्जना फाईनान्स लि.को तर्फबाट संचालक सुवास आचार्य तथा पथरी शाखाका शाखा प्रमुख सिताराम दरालको उपस्थिती रहेको थियो । विज्ञान प्रयोगशालाको समेत उद्घाटन रहेको कार्यक्रममा बोल्दै संचालक आचार्यले सिर्जना फाईनान्सले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप ब्यवस्थापन, वातावरण संरक्षण, साँस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, वित्तीय साक्षरता जस्ता कार्यक्रममा संस्थाले प्रत्यक्ष्य सहयोग गर्दै आइरहेको बताए । सिर्जना फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त विद्यालयलाई १०० थान रंगीन जस्तापाता वितरण गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes