पथरी शनिश्चरे नगरको वडा नम्वर ४ मा खोपकेन्द्र र गाउँघर क्लिनिक उद्घाटन् - Pahilo Online

पथरी शनिश्चरे नगरको वडा नम्वर ४ मा खोपकेन्द्र र गाउँघर क्लिनिक उद्घाटन्

writer

पथरी– मोरङको पथरी शनिश्चरे नगरको दुर्गम क्षेत्र अन्तर्गत पर्ने वडा नम्वर ४ मा खोपकेन्द्र तथा गाउँघर क्लिनिक उद्घाटन् भइ काम प्रारम्भ भएको छ ।

वडा कार्यालयको आयोजनामा आइतबार भएको कार्यक्रममाझ ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङले हिजो खोपकेन्द्र र क्लिनिकको उद्घाटन् गरे । सो संस्थाका लागि १० धुर जग्गा निःशुल्क प्रदान गर्ने ४ नम्वर वडाकी भीमा मगर र ७ नम्वरकी सुमित्रा राईलाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मानित गरिएको छ । सो अवसरमा त्यहाँ बच्चाका लागि खोप समेत लगाइएको छ ।

जग्गादाता मगर र राईले ०५६ सालमा त्यहाँ बालबिकास केन्द्रका लागि निःशुल्क जग्गा प्रदान गरेका थिए । बालबिकास केन्द्रले सो जग्गा खोपकेन्द्र र गाउँघर क्लिनिकका लागि प्रदान गरेको छ । त्यहाँबाट वडा नम्वर ४, ७ र ६ नम्वर वडाका बासिन्दालाई प्रत्यक्ष सेवा पुग्ने ४ नम्वर वडाध्यक्ष गोविन्दवहादुर भण्डारीले जानकारी दिए।

कार्यक्रममा, पूर्व जनप्रतिनिधि जहरमान लिम्बू, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, वडा सदस्य अमर बराईली तथा समाजसेवीहरु भोला रिजाल, चन्द्रकला चेम्जोङ, सन्तोष वस्नेत, सुमित्रा राई, रामप्रसाद न्यौपाने, राजकुमार विश्वकर्मा र स्वास्थ्य कर्मचारी राधा नेपालले मन्तव्य व्यक्त गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes