विज्ञान विषयको शिक्षक नहुदाँ पढाइ अवरुद्ध भएको भन्दै विद्यार्थी आन्दोलानमा - Pahilo Online

विज्ञान विषयको शिक्षक नहुदाँ पढाइ अवरुद्ध भएको भन्दै विद्यार्थी आन्दोलानमा

writer

धनकुटा– धनकुटाको चौविसे गाउँपालिकास्थित कुरुलेतेनुपा माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले विज्ञान विषय पढाउने शिक्षक नभएर पठनपाठन अवरुद्ध भएको भन्दै आन्दोलन गरेका छन्। यस शैक्षिक सत्रको सुरुदेखि नै मावि र निमावि तहको विज्ञान विषयको शिक्षक नहुँदा पढाइ अवरुद्ध भएकोले विद्यालयमा गठित बालक्लब र जुनियर रेडक्रस सर्कलको नेतृत्वमा विद्यार्थीले शिक्षकको माग राख्दै नारावाजीसहित आन्दोलन गरेका हुन्।

विद्यालय प्राङ्गणमा करिब ६५ जना विद्यार्थीले नाराजुलुससहित शिक्षक मागको प्लेकार्ड बोकेर विद्यालय प्रशासनको कक्षअगाडि दैनिक कोणसभा गर्दै आएका छन्। विद्यालय प्रशासनले शिक्षकको व्यवस्था नगर्दा अहिलेसम्म विज्ञान विषयको पढाइ नभएको कारण बाध्य भएर आन्दोलन गर्नु परेको कक्षा–१० मा अध्ययरत विद्यार्थी शैलेन्द्र तामाङले बताए। ‘भदौ १ गतेदेखि विद्यालय प्रशासनले शिक्षकको व्यवस्था गर्ने भनेको थियो’ उनले भने ‘हालसम्म पनि व्यवस्थापन नहुँदा पढ्न पाउने अधिकारवाट विद्यार्थी वञ्चित भएकोले बाध्य भई आन्दोलन गरेका हौँ’ नयाँ शैक्षिक सत्रदेखि नै विज्ञान विषय पढाइ हुने घण्टी खाली भइरहेको थियो।

नयाँ शैक्षिक सत्र सुरु भएको लामो समय भइसक्यो। अहिलेसम्म पनि पढाई नहुँदा सबै कोर्स कसरी सकिन्छ भनेर विद्यार्थीमा चिन्ता देखिन थालेको समेत उनले बताए। सो विद्यालयमा मावि तहको विज्ञान विषयमा दरबन्दी रिक्त भएको दुई वर्ष भइसकेको छ। निमावि तहमा पनि चार महिना यता शिक्षकको दरबन्दी खाली रहेको विद्यालयमा प्रधानाध्यापक वीरबहादुर बाजीले बताए। विद्यालयमा हालसम्म पनि शिक्षक नहुँदा विज्ञान विषयको पठनपाठन ठप्प नै भएको उनले बताए। विद्यार्थी उठाएका माग जायज रहेको र सो मागलाई मध्यनजर गरी विद्यालय व्यवस्थापन समितिले केही दिनभित्रै नीजि स्रोतबाट भए पनि शिक्षकको व्यवस्था गर्ने निर्णय गरेको उनले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes