मोरङको कानेपोखरीमा बर्डफ्ल्यु फेलापरेपछि २२२ कुखुरासहितका पंक्षी नष्ट - Pahilo Online

मोरङको कानेपोखरीमा बर्डफ्ल्यु फेलापरेपछि २२२ कुखुरासहितका पंक्षी नष्ट

 ५० लाख बराबरको क्षति

writer

 

प्रतिकात्मक तस्वीर

राजकुमारी तामाङ,
पथरी–मोरङको कानेपोखरी गाउपालिकामा बर्डफ्ल्युको संक्रमण भेटिएपछि २२२ कुखुरासहितका पंक्षी नष्ट गरिएको छ । कानेपोखरी–३ हरकपुरमा रहेको यसोधरा कृषि फर्ममा पालिएका हाँस, टर्की, स्थानीय कुखुरा र बट्टाईमा बर्डफ्ल्युको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु ज्ञान केन्द्र मोरङ का प्रमुख सुशील अधिकारीले जानकारी दिएका छन् ।

त्यस फर्ममा रहेका कुखुरा बिहीबार मर्न थालेपछि फर्मका संचालक श्री प्रसाद मिश्रले पशु प्रयोगशाला बिराटनगर र केन्द्रीय पशु प्रयोगशाला त्रिपुरेश्वरको टोलीलाई खबर गरेका थिए । सो परिक्षण टोलीले जाच पश्चात् बर्डफ्ल्यु भएको पुष्टि गरेको थियो । रोगको संक्रमण भएको भन्दै सोमबार फर्ममा पालिएका २२२ पंक्षी नष्ट गरिएको हो ।

फर्मका संचालक श्री प्रसाद मिश्रका अनुसार भदौ १४ गते नै २ सय भन्दा बढी कुखुरा मरेका थिए । उनका अनुसार सो फर्मबाट ५० लाख बराबरको नोक्सान भएको छ । भेटेरिनरी अस्पताल तथा पशु ज्ञान केन्द्र मोरङका प्रमुख अधिकारीका अनुसार रोगको संक्रमण फैलिएको स्थानमा सिल गरिएको छ भने सोमबार नै फर्ममा रहेको १५ क्विन्टल कुखुराको दानाको कच्चा पर्दाथ र ४ मन दाना समेत नष्ट गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes