धरानमा मोटरसाईकलको ठक्करबाट ६९ बर्षीय बृद्धको मृत्यु - Pahilo Online

धरानमा मोटरसाईकलको ठक्करबाट ६९ बर्षीय बृद्धको मृत्यु

writer

सुनसरी – धरान उप–महानगरपालिका १८ लाङघाली चोकमा सोमवार भएको मोटरसाईकल दुर्घटनामा परी ६९ बर्षीय बृद्धको मृत्यु भएको छ । दिउँसो सवा १ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १४ प १२०३ नम्बरको मोटरसाईकलले पैदल यात्री धरान १५ का ६९ बर्षीय श्री प्रसाद राईलाई ठक्कर दिंदा राई गम्भीर घाईते भएका थिए । घाईतेलाई तत्काल उपचारको लागि धरानकै घोपा क्याम्प पठाईएको र थप उपचारको लागि बिराटनगरको नोबेल अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes