शनिश्चरे चौकमा सोमबार तीज विशेष कार्यक्रम तथा नृत्य प्रतियोगिता सम्पन्न - Pahilo Online

शनिश्चरे चौकमा सोमबार तीज विशेष कार्यक्रम तथा नृत्य प्रतियोगिता सम्पन्न

महिला दिदीबहिनी हरुलाई आपनो स्वास्थ्यको ख्याल गरेर वर्त बस्न नगर उप–प्रमुखको सुझाव

writer

अर्पणा केशी,

पथरी – मोरङको पथरी शनिश्चरे ९ को शनिश्चरे चौकमा सोमबार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । तीज विशेष कार्यक्रमको मुख्य प्रायोजक पथरी शनिश्चरे वडा न.९ रहेको थियो भने शनिश्चरेमा रहेका विभिन्न संघ सस्था र स्थानीयको सहयोगमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका उप–प्रमुख यमुना विष्ट वास्तोलाले नगरका सम्पूर्ण निर्जला वर्तालु महिला दिदि बहिनीहरुलाई आपनो स्वास्थ्यको ख्याल गरी पानी तथा फलफुल खाएर वर्त बस्न सुझाव दिएकी छिन् । उनले महिला दिदि बहिनीहरुलाई विभिन्न संघ सस्थामा जिम्मेवार भएर आफु अघि बढ्न सक्रिय भूमिका खेल्न र पछि नपर्न आग्रह गरेकी छिन् । वास्तोलाले तीज विशेष कार्यक्रम कुनै पनि जाती, धर्मको मात्र नभएर समग्र महिलाहरुको भएको बताएकी छिन् ।

तीज विशेष कार्यक्रममा सास्कृतिक नृत्य प्रतियोगिता समेतको आयोजना गरिएको थियो । प्रतियोगितामा स्थानीय स्तरका संघ सस्थाहरुबाट १० वटा टोलीको सहभागीता रहेको थियो । प्रतियोगीतामा प्रथम स्थान पथरी शनिश्चरे ९ मा रहेकोे गृह लक्ष्मी साकोस,द्धितीय शनिश्चरे साकोस,तृतीय अग्रसर साकोस र सान्त्वना स्थान हासिल गर्न सफल भएकाछन् । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीहरुले प्रमाणपत्र सहित नगद क्रमश.२ हजार ५ सय,२ हजार,१ हजार ५ सय र सान्त्वनाले छ सय पुरस्कार प्राप्त गरेकाछन् । कार्यक्रम तिज विशेष कार्यक्रका संयोजक ललिता कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो।

विशिष्ट अतिथी वडा नं ४ का अध्यक्ष गोविन्द ब.भण्डारी, वडा नं ९ का अध्यक्ष भानुभक्त राई, कार्यपालिकाका सदस्य निर्मला गदाल,वडा सदस्य रोमान्सी धिमाल, पत्रकार, विभिन्न साकोस तथा संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहको थियो भने कार्यक्रमको सञ्चालन मुना पाण्डे र शान्ती लिम्बुले गरेका थिए । त्यसै गरी पथरी शनिश्चरे ४ मा रहेको कुुशल बजारमा कुुशल महिला संजालको आयोजनामा तीज विशेष कार्यक्रममा वृद्धवृद्धाहरुलाई सम्मान साथै सास्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes