सुन्दरहरैंचामा सामुदायिक वन भित्र तीन नाल भरुवा बन्दुक फेला - Pahilo Online

सुन्दरहरैंचामा सामुदायिक वन भित्र तीन नाल भरुवा बन्दुक फेला

writer

पथरी– मोरङको सुन्दरहरैंचा नगरपालिका–५ स्थित नमुना सामुदायिक वन भित्र सोमबार बिहान तीन नाल भरुवा बन्दुक लोड गरेको अवस्थाका फेला पारि बरामद गरीएको छ।

प्रहरीको गस्ती टोलीले बेबारिसे अवस्थामा बिहान ८ बजे रुखको टोड्का भित्र लुकाएर राखेको अवस्थामा बन्दुक फेला पारेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउँजुका अनुसार तीनवटै बन्दुक भेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ । बन्दुक कसले राखेको हो भन्ने बारेमा खुलेको छैन ।

खिँउजुले अवैध रुपमा वन्यजन्तुको चोरी सिकारी गर्ने समूह प्रहरी आएको थाहा पाएपछि रुखको टोड्कामा बन्दुक लुकाएर भागेको हुन सक्ने बताए । बरामद बन्दुकका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes