मधुमल्ला बजारमा सडक दुर्घटनामा परि एक वृद्धाको मृत्यु - Pahilo Online

मधुमल्ला बजारमा सडक दुर्घटनामा परि एक वृद्धाको मृत्यु

writer

मोरङ – मिक्लाजुङ ७ मधुमल्ला बजारमा आज बिहान सडक दुर्घटनामा परि एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका वडा नं. ६ निवासी करिब ७५ बर्षीय नन्दकुमारी राईको मृत्यु भएको हो । मिक्लाजुङ –८ बाट यात्रु लिएर मुधुमल्ला आएको ना.२ ख ५२२७ नं. को ग्याल्बो सुपर बसले ठक्कर दिँदा वृद्धाको नन्दकुमारी राई सख्त घाइते भई उपचारार्थ अरनिको अस्पताल उर्लाबारी लगिएको थियो । उपचारको क्रममा वृद्धाको निधन भएको प्रहरीले जानकारी दिएको छ ।

नन्दकुमारी पनि सोही बसमा सवार थिइन । ओर्लिएर पैदल हिड्दैं गर्दा बसले ठक्कर दिएको थियो ।ठक्कर दिने बस र चालक कृष्ण तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes