सामूदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टीदोष हटाउन सुविधायुक्त ‘भिजन भ्यान’ संचालन - Pahilo Online

सामूदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टीदोष हटाउन सुविधायुक्त ‘भिजन भ्यान’ संचालन

writer

विराटनगर– विराटनगर आँखा अस्पतालले गाडी भित्र एसी जडित आँखा उपचार केन्द्र संचालनमा ल्याएको हो । अस्पतालले सामूदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टीदोष हटाउन सुविधायुक्त ‘भिजन भ्यान’ संचालनमा ल्याएको छ । अरविश इन्टरनेशनलले रिच प्रोग्राम अन्तर्गत रु ३२ लाख ७२ र नेपाल नेत्र ज्योति संघ मोरङको रु १० लाख गरी रु ४२ लाख ७२ हजारको उक्त भ्यानमा विद्यालयका विद्यार्थीहरु सम्पूर्ण आँखा परीक्षण गर्नुका साथै चश्मा समेत निःशुल्क उपलव्ध गराउने व्यवस्था गरिएको छ ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले गायत्री संस्कृत माविमा भ्यानको उद्घाटन गर्दै आर्थिक रुपमा कमजोर रहेका सामूदायिक विद्यालयका विद्यार्थीलाई सेवा पु¥याउन शुरु गरिएको बताए। उनले महानगरपालिकाले गत वर्षदेखि नगरमा रहेका आँखा अस्पतालसंग समन्वय गरी मोतियाविन्दु रहित अभियान संचालन गरी निशुल्करुपमा नगरवासीहरुलाई शल्यक्रिया सेवा उपलव्ध गराएको जानकारी दिए । भ्यान सञ्चालनले आगामी तीन वर्षभित्र तीन लाख विद्यालयका बालवालिकाहरुको आँखा परीक्षण गर्नुका साथै चश्मा वितरण गरिने लक्ष्य लिएको छ ।

पूर्वान्चल आँखा उपचार समन्वय समितिका संयोजक सुधिर ठाकुरले विगत ३६ वर्षको अवधिमा लहान र विराटनगर आँखा अस्पतालले ८० लाख जनताको आँखा परीक्षण र १४ लाखको शल्यक्रिया गरेको जानकारी दिए। विराटनगर आँखा अस्पतालले सन् २०१८ मा पाँच लाख ५० हजार सर्वसाधारणको आँखा परीक्षण गर्नुका साथै ७१ हजारको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes