‘डोरिअन’ आँधीका कारण अमेरिकाको चार राज्यमा आपत्कालीन अवस्थाको घोषणा - Pahilo Online

‘डोरिअन’ आँधीका कारण अमेरिकाको चार राज्यमा आपत्कालीन अवस्थाको घोषणा

writer

काठमाडौ– आँधी प्रभावित अमेरिकाका चारओटा राज्यहरु फ्लोरिडा, जोर्ज, साउथ क्यारोलाइना र नर्थ क्यारोलाइनामा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।ग्रान्ड बहामसको क्यारेबियन टापुमा आएको शक्तिशाली आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । केही घरहरूमा बाढी पसेको र आँधीले घरका छाना उडाएको छ ।

प्रतिघन्टा २८५ किलोमिटरको वेगमा आएको ‘डोरिअन’ नाम दिइएको आँधी विस्तारै पूर्वी क्षेत्रतर्फ बढेको छ ।‘क्याटगरी ५’ को अवस्थामा रहेको डोरिअन फ्लोरिडाको पूर्वी तटीय क्षेत्रमा स्थानीय समयानुसार सोमबार अबेर प्रवेश गर्ने अनुमान गरिएको छ ।समुद्री आँधीसम्बन्धी अमेरिकी निकाय ‘एनएचसी’काअनुसार आधुनिक तथ्यांक राख्न थालिएयताकै डोरिअन अतिखतरनाक आँधी हो । ग्रान्ड बहामाका बासिन्दाहरूलाई आँधीको अनुमानित मार्गबाट अन्यत्र सारिएको छ ।

आँधी घातक हुनसक्ने र सात मिटर उचाइसम्म पुग्नसक्ने भन्दै अधिकारीहरूले सचेत गराएका हुन् ।टापुका केही विमानस्थल बन्द गराइएको छ । बहामसका प्रधानमन्त्री हुबेर्ट मिनिसले ग्रान्ड बहामा र एबाको टापुका कतिपय स्थानबाट मानिसहरूलाई अन्यत्र सार्न र सबै पर्यटकलाई त्यहाँबाट बाहिर जान आदेश दिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes