संविधान दिवसको दिन प्रदेश १ सरकारले महत्वपूर्ण स्थानमा ठुलो आकारको झण्डा राख्ने - Pahilo Online

संविधान दिवसको दिन प्रदेश १ सरकारले महत्वपूर्ण स्थानमा ठुलो आकारको झण्डा राख्ने

writer

मोरङ – प्रदेश १ सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले संविधान दिवस अर्थात असोज ३ गते प्रदेशका विभिन्न महत्वपूर्ण स्थानमा ठूलो आकारको राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको हो।

प्रदेशका विभिन्न महत्वपूर्ण स्थानहरू इलामको कन्याम, श्रीअन्तु, झापाको दमक, काँकडभिट्टा, केचना, सुनसरी इटहरी, कोशी ब्यारेज, धरान, विराटनगर एयरपोर्ट, विराटनगर रानी, सोलु लुक्ला, सगरमाथाको बेसक्याम्पलगायतका स्थानमा राष्ट्रिय झण्डालाई ठूलो आकारको स्थायी रूपमा राख्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् ।

यस्तै बैठकले सुनसरीको इटहरीको चोकबाट पूर्व–पश्चिम राजमार्गमा दुईवटा आकाशे पुल निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयको प्रस्तावलाई स्वीकृति पनि प्रदान गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles