निर्वाचनमा गरेका वाचाहरु पुरा गरिछोड्ने मन्त्री ढकालको प्रतिवद्धता - Pahilo Online

निर्वाचनमा गरेका वाचाहरु पुरा गरिछोड्ने मन्त्री ढकालको प्रतिवद्धता

सुकुम्वासी तथा बसोवास सम्वन्धी कानून राष्ट्यिसभाबाट दशैं अघि नै पारित हुने

writer

कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल

पथरी– कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आफुले निर्वाचनमा गरेका वाचाहरु पुरा गरिछोड्ने प्रतिवद्धता दोहो¥याएका छन् । मन्त्री ढकालले आज (आइतबार) आफ्नो निर्वाचन क्षेत्र मोरङ ३ को पथरीशनिश्चरेमा आयोजित नेकपा वडा नम्वर ४, ८ र ९ ले संयुक्त रुपमा आयोजना गरेको जनतासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सो प्रतिवद्धता दोहो¥याएका हुन् ।

उनले मोरङ ३ मा आदिवासी जनजाति सहितको बहुसाँस्कृतिक संग्रहालय निर्माण, बाहुनीको पेटेलखानीको अन्वेषण, सुकुम्बासी तथा अव्यवस्थित बसोवासको समस्या समाधान, खोलाहरुको दीगो तटवन्ध सहितका निर्वाचनका मुद्धा आफुले पुरा गर्ने जनाएका छन् ।

जनताका समस्या तथा समग्र निर्वाचन क्षेत्रको विकासका लागि वाचा गरिएका त्यसखाले योजनाहरु जनता झुक्याउनका लागि नभएको प्रष्ट पार्दै विपक्षीले यसमा भ्रम नछर्न आग्रह समेत गरेका छन् । उनले सुकुम्वासी तथा बसोवास सम्वन्धी कानून प्रतिनिधिसभाले पारित गरेको र राष्ट्यिसभाबाट पारित हुन वाँकी रहेकाले दशैं अघि नै कानून पारित हुने बताए।

कार्यक्रममा, नेकपाको वडा नम्वर ४, ८ र ९ ले पथरीशनिश्चरे नगरपालिकाको केन्द्र र कार्यालय व्यवस्थापन, बसोबासको समस्या सहित विकास निर्माणको माग गर्दै मन्त्री ढकाललाई २६ वुँदे ज्ञापनपत्र दिएको छ । त्यस्तै, सुकुम्वासी तथा अव्यवस्थित बसोबास समस्या समाधान पहल समिति र नगरपालिकाको ४ नम्वर वडा कार्यालयले बसोबास व्यवस्थित गर्न माग गरेको ज्ञापनपत्र पेश गरेको छ । वडा कार्यालयले वडाध्यक्ष गोविन्दवहादुर भण्डारीमार्फत पुल तथा सडक कालोपत्रेको पनि माग राखेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes