मोहियानी हक नदिएको भन्दै विप्लव समूहद्वारा झापामा घरसहित जग्गा कब्जा - Pahilo Online

मोहियानी हक नदिएको भन्दै विप्लव समूहद्वारा झापामा घरसहित जग्गा कब्जा

writer

झापा– मोहियानी हक नदिएको भन्दै सरकारद्वारा प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापामा एक व्यक्तिको घरसहित जग्गा कब्जा गरेको छ। विप्लव नेतृत्वको नेकपा निकट लिम्बुवान स्वयत्त प्रदेश जनपरिषद झापाले शुक्रवार दिउँसो गौरदह नगरपालिका–९ का भूपेन्द्र ढुंगानाको घरसहित जग्गा कब्जा गरेको हो।

जनपरिषद् झापाका प्रमुख यम गिरीले विज्ञप्ति जारी गर्दै प्रकाशन ढुङ्गानाको जमिनसहित घर कब्जामा लिएको जानकारी दिएको छ। विज्ञप्तिमा गौरदाह–९ का शहीद विष्णु हस्ताको परिवारले मोहियानी हकमार्फत भूपेन्द्र ढुङ्गाना एवं उनका परिवारबाट तत्कालीन जनसत्ताको रोहबरमा पीडित चादमनी हस्ताको परिवारले प्राप्त गरेको जमिन दलाल संसदीय सत्ताका मतियार र आसेपासे एवं कथित अदालत समेत प्रयोग गरी क्षतिपूर्तिसहित संरचना खाली गर्न जारी गरेको उर्दी प्रति जिल्ला जनपरिसदको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्तै, जनपरिषद् झापा, तत्कालीन जनसत्ता एवं सामाजिक रूपमा पटक—पटक गरिएका लिखित सहमति १५ दिनभित्र लागू गर्न पीडक भूपेन्द्र एवं उनका परिवारले भोगचलन गरिराखेको जग्गासहित घर कब्जा गरिएको घोषणा गरेको छ।

कब्जा गरिएको जग्गामा ब्यानर पनि टाँगिएको छ। ब्यानरमा पीडित चन्द्रमणि हस्ताको परिवारलाई मोहियानी हक बापत दिनुपर्ने जग्गा नदिएको, पीडित परिवारलाई अदालत र प्रशासन प्रयोग गरी घर संरचना खाली गर्न आतङ्क सिर्जना गरेको र तत्कालीन जनसत्ताको निर्णय एवं सामाजिक अगुवाहरूको रोहबरमा गरेको लिखित सहमति उल्लङ्घन गरेकोले १५ दिनभित्र पीडितले न्याय नपाए जिल्ला जनपरिषद् झापाद्वारा उचित जनकारबाही गरिने उल्लेख गरिएको छ। यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले यस विषयमा आफूलाई थाहा नभएको बताए। उनले त्यस क्षेत्रका प्रहरी टोलीलाई तत्काल त्यहाँ खटाएर यस बारेमा प्रतिक्रिया दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes