कश्मीरमा प्रदर्शन हुनसक्ने भनी सरकारले प्रतिबन्ध लगायो - Pahilo Online

कश्मीरमा प्रदर्शन हुनसक्ने भनी सरकारले प्रतिबन्ध लगायो

writer

कश्मीरमा भारतीय सरकारले शुक्रबार हुने प्रार्थनाका क्रममा प्रदर्शन हुनसक्ने आंकलन गरेर पुनः प्रतिबन्ध लगाएकोे भारतीय सञ्चारमाध्यमले जनाएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार, जम्मुकश्मीर राज्यको राजधानी श्रीनगरसहित कश्मीर उपत्यकामा प्रतिबन्ध लगाएको हो। स्थानीय वासिन्दालाई समूहमा यताउता नगर्न सूचना जारी गरिएको छ। त्यसैगरी, कश्मीर उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीका ब्यारिकेड्स राखिएको छ।

व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। भारतीय सेनाका प्रमुख विपिन रावत कश्मीरको भ्रमणमा जाँदै छन्। त्यसलाई पनि ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यम सञ्चार माध्यमले जनाएको छ। भारतले जम्मु र कश्मीरको विशेष अधिकार खोसेसँगै २६ दिनदेखि कश्मीरको जनजीवत प्रभावित भएको छ।

शुक्रबार पुनः प्रतिबन्ध लगाएपछि स्थिति असहज बनेको हो। केही क्षेत्रका टेलिफोन लाइन संचालनमा आएका छन। इन्टरनेट भने अझै बन्द रहेको छ भारतीय सञ्चार माध्यमले जनाएको छ। कश्मीरका पूर्वमुख्यमन्त्रीसहित नेता तथा कार्यकर्तालाई अझै पनि हिरासत र नरजबन्दमै राखिएको छ। कश्मीरका वासिन्दाले विस्तारै विरोध प्रदर्शन गर्न थालेका छन्। कर्फ्यू हटाएको क्षेत्रमा स–साना प्रदर्शन भइरहेको अन्तर्रा्िष्ट्रय मिडियाले जनाएका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes