पथरी बहुमुखी क्याम्पसमा तीज बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न - Pahilo Online

पथरी बहुमुखी क्याम्पसमा तीज बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न

writer

Santosh Khaling Rai

 

पथरी- मोरङको पथरीशनिश्चरे १ मा रहेको पथरी बहुमुखी क्याम्पसमा आज (शुक्रबार) स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु)को आयोजनामा तीज विशेश सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ। क्याम्पसमा अध्यनरत छात्रा विद्यार्थीहरुलाई आफूहरु पनि क्याम्पसको हिस्सा भएको महसुश गराउन साथै खुशी र हौसला प्रदान गर्न पहिलो पटक महिला लक्ष्यीत तीज विशेश सास्कृतिक कार्यक्रम आयोजना गरेको स्व.वि.यु ले जनाएको छ।

क्याम्पस सहायक प्रमुख शान्ति राम तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पसका प्राध्यापक, स्व.वि.यु पदाधीकारी र स्नातक तह तथा स्नाकोत्तर तहका विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि, अतिथि, प्राध्यापक र विद्यार्थी प्रतिनिधिले तीजको शुभकामना र सद्भाव व्यक्त गरेका थिए। तीज विशेष झल्काउने पोशाकमा सजिएर आएका दिदीबहिनीहरुले गीत, नृत्य, गजल र कविता प्रस्तुत गरी सांगीतिक माहोल तताएका थिए साथै दाजुभाईले पनि प्रस्तुती दिएका थिए।

कार्यक्रका अध्यक्ष तथा स्व.वि.यु सभापति गोपाल कुमार साँवाले मनतव्य राख्दै स्व.वि.यु सधै विद्यार्थीको हकहितका लागी र हौसला प्रदान गर्न अर्को समिति खडा नभएसम्म कटिवद्ध भएर लाग्ने बताएका थिए। क्याम्पसमा आयोजना हुने कार्यक्रममा विद्यार्थी र प्राध्यापक हरुको कम उपस्थित हुनेगरेकोले आगामी दिनमा उल्लेख्य उपस्थित हुन आग्रह गरे। स्व.वि.यु सह–सचिव विक्रम कार्कीले सञ्चालन गरेको कार्यक्रममा स्व.वि.यु उपाध्यक्ष तथा कार्यक्रम संयोजक नीता कुलुङले स्वागत मनतव्य राखेका थिए।

सांगीतिक प्रस्तुती र शुभकामना मनतव्य संगै समाप्त भएको औपचारीक कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई दर खुवाइएको थियो साथै तीज विशेश गीतमा दिदीबहिनीहरुले सामुहिक नृत्य गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes