उच्च अदालत विराटनगरमा ५६ दशमलव १० प्रतिशत मुद्धा फछ्र्यौट - Pahilo Online

उच्च अदालत विराटनगरमा ५६ दशमलव १० प्रतिशत मुद्धा फछ्र्यौट

writer

मोरङ – उच्च अदालत विराटनगरले गत आर्थिक बर्षमा २ हजार ४ सय ८२ वटा मुद्धा फछ्र्यौट गरेको छ । अदालत परिसरमा आयोजित सञ्चारकर्मीसंगको अन्तरक्रियामा सो बिषयमा जानकारी गराइएको छ ।आर्थिबर्ष २०७५, ७६ मा दर्ता भएका ३ हजार ४ सय ६८ मुद्धा र त्यसअघिको आर्थिक बर्षबाट सरि आएका ९ सय ५६ मुद्धा समेत गरेर ४ हजार ४ सय २४ मुद्धा मध्ये २ हजार ४ सय ८२ वटा मुद्धा फछ्र्यौट भएको कार्यक्रममा जनाइएको थियो ।

यो फछ्र्यौट संख्या कुल मुद्धाको ५६ दशमलव १० प्रतिशत हो । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधिश बिनोद शर्माले गएको आर्थिकबर्षमा २ हजार २ सय ८५ वटा मुद्धा पर्ने अनुमान गरिएकोमा त्यसभन्दा १ हजार १ सय ८३ वटा बढी मुद्धा परेको जानकारी दिए । लक्ष्यभन्दा बढी मुद्धा फछ्यौट भएपनि अनुमान गरिएभन्दा बढी मुद्धा दायर भएका कारण फछर््यौट प्रतिशत भने कम भएको उनको भनाई छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes