झापामा एक किसानले स्याउ फलाए - Pahilo Online

झापामा एक किसानले स्याउ फलाए

writer

झापा – झापाको गौरादहका एक किसानले स्याउ फलाएका छन् । गौरादह– २ का किसान भीमबहादुर खड्काले पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ आफ्नै जग्गामा फलाएका हुन् ।आफ्नो घर छेउमा करीब एक बिघा खेतलाई माटोले पुरेर डाँडो बनाई ड्याङ बनाएर लगाएको स्याउ फलाएको खड्काले बताए । पहिलोपटक उत्पादित यस वर्षको स्याउ केही बिक्री गर्नसमेत उनी सफल भए । खड्काले बारीमा २०० वटा स्याउका बिरुवा लगाएका छन् । परीक्षणका रूपमा पहिलोपटक स्याउको बिरुवा रोपेर हेर्दा फल लागेपछि  परिवारसहित गाउँले पनि दङ्ग परेका छन् ।

स्याउको बिरुवा रोप्ने समयमा स्याउ फलेर खान पाइन्छ भन्ने कसैले विश्वास गरेका थिएनन् । बिरुवा रोपेको एक वर्षपछि फल फल्ने विश्वास गरेपनि उनले लगाएको स्याउ आठ महीनापछि नै फल्न थालेको हो । दाजुलाई उपचार गराउन भारतको हरियाणा गएको समयमा त्यस क्षेत्रमा स्याउ फलेको देखेपछि आफूलाई पनि स्याउखेती गर्ने प्रेरणा आएको खड्का बताउँछन् । हरियाणाको तीव्र गर्मीमा पनि फलेको स्याउ देख्दा आफ्नो बारीमा पनि स्याउ फलाउन सकिने आत्मविश्वास बढेपछि बिरुवा लगाएको उनले बताए । हरियाणामा फलेको स्याउका बारेमा आफूले जानकारी लिँदा थाइल्याण्डमा लगाइने स्याउ गर्मी मौसममा समेत फल्ने थाहा पाएपछि सोहीअनुसार आफूले खेती शुरु गरेको खड्काले बताए ।

स्याउले विस्तारै राम्रै उत्पादन दिए भने थप खेती विस्तार गरिने उनको सोचाइ छ । करीब ५० डिग्री तापक्रमसम्ममा फल्न सक्ने ‘रोयल रेड’ जातको स्याउ खानमा पनि स्वादिलो भएकाले यसबाट राम्रो मुनाफा निकाल्न सकिने उनको भनाइ थियो । उनले भने, ‘सोचेभन्दा अगाडि नै स्याउ फलेपछि थप १५० बिरुवा लगाउने लक्ष्य राखेको छ, राम्रोसँग फल दिएमा कलमी गरेर बिरुवा उत्पादन गर्ने सोच छ।’ गाउँमा बसेर पशुपालन तथा खाद्यान्नबाली लगाउँदै गर्मी मौसममा फल्ने फलफूल लगाउँदै आएका त्यस क्षेत्रका किसानले स्याउ तराईमा फल्छ भन्नेबारेमा आफूले नसोचेको उनका बुबा प्रेमबहादुरले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes