प्रदेशस १ को चौथो अधिवेशन भदौ अन्तिम साता समापन गर्ने तयारी - Pahilo Online

प्रदेशस १ को चौथो अधिवेशन भदौ अन्तिम साता समापन गर्ने तयारी

writer

मोरङ – सरकारले १ नम्बर प्रदेशसभाको चौथो अधिवेशन भदौ अन्तिम साता समापन गर्ने तयारी गरेको छ । सभामुख प्रदीपकुमार भण्डारीले केही महत्वपूर्ण विधेयकहरु संसदमा दर्ता भएको, कुनै समितिमा गएको जानकारी दिँदै भदौको अन्तिमसम्म संसद चल्ने जानकरी दिए । संसदमा हाल मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक, सहकारी विधेयक, प्रदेश विद्युत् सम्बन्धी विधेयक समितिमा छलफलको क्रममा रहेको र सवारी व्यवस्थापन सम्बन्धी विधेयक संसदमा दर्ता रहेको छ । ती विधेयक पारित भएसँगै संसद अन्त्य हुने भण्डारीले जानकारी दिए ।

यस्तै सभामुख भण्डारीले प्रदेशसभामा राजनीतिक दलहरुको भूमिका सकारात्मक रहेको पनि बताए । सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले कानून निर्माण गर्ने सवालमा सबै दलहरु एकमत रहेको पनि बताए । केही दिन अगाडि प्रदेशसभाबाट लोकसेवा आयोग सम्बन्धी विधेयक पारित गर्ने क्रममा संघीय समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले असहमति जाहेर गरेका थिए । यद्यपि अहिलेसम्म पारित १ नम्बर प्रदेशका विधेयकहरुमा दलहरुको असहमतिका कारण कुनै ठूलो विवाद सिर्जना भएको छैन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes