भोजपुरमा भाइरल ज्वरोले एकैपटक २०२ विद्यार्थी बिरामी परेपछि विद्यालय नै बन्द - Pahilo Online

भोजपुरमा भाइरल ज्वरोले एकैपटक २०२ विद्यार्थी बिरामी परेपछि विद्यालय नै बन्द

writer

भोजपुर- भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयमा भाइरल ज्वरोले एकै पटक २०२ जना विद्यार्थी बिरामी परेपछि विद्यालय नै बन्द गरिएको छ । कक्षा १ देखि १२ सम्मका कक्षा मङ्गलबारदेखि ४ दिनका लागि बन्द गरिएको विद्यालयका सहायक प्रधानाध्याक श्रीकृष्ण बोगटीले जानकारी दिए ।

यसबाहेक स्थानीय षडानन्द माध्यमिक विद्यालय, न्यू समिट बोर्डिङ र सनराइज बोर्डिङ स्कुलका विद्यार्थीमा समेत ज्वरोको असर देखिएको छ । भाइरलले विद्यार्थी एकपछि अर्को गर्दै बिरामी हुनथालेपछि पठनपाठन बन्द गर्नुपर्ने बाध्यता भएको सहायक प्रअ बोगटीको भनाइ छ । विद्यालयामा केही दिनअघिदेखि शुरु भएको भाइरल ज्वरोले विद्यार्थीसँगै स्थानीयवासीलाई ग्रसित बनाएको छ। दैनिकजसो प्राथमिक स्वास्थ्य केन्द्रमा ५० देखि ६० जना र अन्य स्वास्थ्य चौकीमा ३० देखि ४० जनाको हाराहारीमा भाइरलका बिरामी आउने गरेको नगरपालिकाका स्वास्थ्य संयोजक सुन्दर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार गम्भीर किसिमका बिरामीलाई त्यहाँबाट तुम्लिङटार, धरान, विराटनगर पठाइएको छ । भाइरल ज्वरोबाट दिङ्लाका अन्य तीन विद्यालयका विद्यार्थीसमेत बिरामी भएको विद्यालयले जनाएको छ । मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा दैनिक १५ जनासम्म भाइरलका बिरामीले बहिरङ्ग सेवा लिइरहेको अस्पतालले जनाएको छ । दूषित खानेपानी, बदलिँदो मौसम र खानपानमा राम्रो ध्यान नदिँदा भाइरलको बिरामी आउने गरेको जिल्ला अस्पताल भोजपुरका डा शिवजी रिजालले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes