साफ अन्डर १५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश - Pahilo Online

साफ अन्डर १५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश

उपाधिका लागि भारतसँग शनिबार खेल्ने

writer

मोरङ – नेपाल भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको अन्तिम खेलमा भारतले बंगलादेशलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेपछि नेपाल फाइनलमा पुगेको हो ।

कल्याणी रंगशालामा भारतलाई जित दिलाउन हिमान्सु जान्ग्राले ह्याट्रिक गरे । एक गोल सुभो पाउलको नाममा रह्यो । भारतले बंगलादेशलाई हराएसँगै नेपाल दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । अपराजित भारत भने शीर्ष स्थानमा रहदै फाइनल पुग्यो ।

भारतले ४ खेलबाट १२ अंक जोड्यो । नेपालले ४ खेलबाट ९ अंक जोड्दा बंगलादेशले ६ अंक जोड्यो । श्रीलंकाले ३ र भुटान अंक विहीन हुँदै प्रतियोगिताबाट बाहिरियो । अब नेपालले उपाधिका लागि भारतसँग शनिबार खेल्नेछ । साविकको विजेता रहेको बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले बिहिबार नै भुटानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपाललाई जित दिलाउन कप्तान प्रदिप लम्सालले दुई गोल गरेका थिए । यस्तै अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले एक गोल गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes