वडा नम्बर ६ मा तीज विशेष कार्यक्रम सम्पन्न - Pahilo Online

वडा नम्बर ६ मा तीज विशेष कार्यक्रम सम्पन्न

writer

पथरी–मोरङ्गको पथरी शनिश्चरे ६ नम्बर वडाका महिलाहरुले सामुहिक तीज मनाएका छन। वडा नम्बर ६ का वडा अध्यक्ष जय बहादुर तामाङ्गको विशेष सहयोगमा वडा नम्बर ६ का दिदी बहिनी समुहको आयोजनामा सम्पन्न दर खाने कार्यक्रममा वडाका अधिकांश महिलाहरु सहभागी भै सामुहिक दर खादै सांगीतिक कार्यक्रममा सरिक भएका छन।

वडाको तीज विशेष कार्यक्रममा वडा अध्यक्ष बोल्दै आफ्नो दिदी वैवाहिक जीवन जापानमा बितारहेको स्मरण गर्दै वडाका चेलीहरुसँगको तीज कार्यक्रमले आफ्नो दिदिको अभावलाई केही हदसम्म कम अनुभूति गराएको बताइरहदा कार्यक्रमको माहोललाई केही क्षण स्तब्ध भएको थियो। सम्पुर्ण वडाको अभिभावक आफू भएको बताउदै वडाका सम्पुर्ण नागरिकको सुखदुःखमा सरिक हुनु आफ्नो कर्तव्य रहेको उल्लेख गर्दै अध्यक्ष तामाङ्गले चाडपर्व र खुसीको माहोलमा मात्र नभै वडाबासीको हरेक पिडामा मलम लगाउन उपस्थित भएको स्मरण गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes