झापामा ब्राउन सुगर सहित ३ स्थानबाट ४ जना पक्राउ - Pahilo Online

झापामा ब्राउन सुगर सहित ३ स्थानबाट ४ जना पक्राउ

writer

झापा – झापाका ३ छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागु औषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट बुधवार दिऊँसो पौन १ बजे खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका ३ का २४ बर्षीय सन्तोष खड्का र १९ बर्षीय सोनाम लिम्बुलाई १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित मेची नगर नगरपालिका ६ भन्सार गेटबाट नियन्त्रणमा लिएको हो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले अपरान्ह ५ बजे मेचीनगर नगरपालिका ७ गैह्रीगाउँबाट बेलवारी नगरपालिका ३ का १९ बर्षीय सुरज खवासलाई ५ ग्राम ब्राउ सुगर सहित पक्राउ गरेको छ भने सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले राती साँढे ८ बजे बिर्तामोड नगरपालिका ५ बाट हल्दिवारी गाउँपालिका १ घर भई बिर्तामोड ४ बस्ने २६ बर्षीय मनोज गुरुङलाई ९० ग्राम ब्राउ सुगर र निजले प्रयोग गरेको मे ९ प ४८३२ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes