टर्कीले १६ हजारभन्दा बढी गैरकानूनीरूपमा यूरोप तथा अमेरिका जान लागेका आप्रवासीलाई फिर्ता गर्ने - Pahilo Online

टर्कीले १६ हजारभन्दा बढी गैरकानूनीरूपमा यूरोप तथा अमेरिका जान लागेका आप्रवासीलाई फिर्ता गर्ने

writer

अंकारा– टर्कीले गैरकानूनीरूपमा इस्तानबुल हुँदै यूरोप तथा अमेरिका जान लागेका १६ हजारभन्दा बढी आप्रवासीलाई स्वदेश फिर्ता गर्ने जनाएको छ ।

सुरक्षाकर्मीले पक्राउ गरेका आप्रवासीमध्ये चार हजार पाँच सयजना सिरियाली नागरिक रहेका अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उनीहरूसँग कुनै किसिमको औपचारिक कागजात नरहेकोले सबैलाई विभिन्न प्रान्तका अस्थायी शरणार्थी शिविरमा पठाइएको छ । सरकारले समातिएका आप्रवासीलाई स्वदेश फर्किनका लागि आगामी अक्टोबर ३० सम्मको समय दिएको एक सिरियाली गैरसरकारी संस्थाले जनाएको छ । टर्कीले यसअघि अगस्ट २० सम्ममा सिरियाली शरणार्थीलाई स्वदेश फिर्ता हुन आग्रह गरेको थियो ।

इस्तानबुलमा १० लाख ६ हजार शरणार्थी रहेको बताइएको छ । जसमध्ये पाँच लाख ७० हजार शिरियाली शरणार्थी छन् । टर्कीका अन्य शहरहरू अंकारा र बुर्सामा पनि शरणार्थीको भीड बढेको भन्दै सरकारले इस्तानबुलमा जस्तै कारबाही गर्ने तयारी गरेको समाचारमा जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes