खाँदबारी नगरपालिकाद्वारा ४३ विद्यालयलाई प्राथमिक उपचार बक्स वितरण - Pahilo Online

खाँदबारी नगरपालिकाद्वारा ४३ विद्यालयलाई प्राथमिक उपचार बक्स वितरण

writer

संखुवासभा- खाँदबारी नगरपालिकाले ४३ सामुदायिक विद्यालयलाई १० हजार रुपैयाँ मुल्य बराबरको प्राथमिक उपचार बक्स वितरण गरेको छ । खाँदबारी नगरपालिका कार्यालयले प्राथमिक उपचार किट बक्स संगै सेनेटरी प्याडसहितका औषधी वितरण गरेको शिक्षा शाखा प्रमुख दीपकमणि घिमिरेले जानकारी दिए।

नगरभित्रका प्रधानाध्यापकहरुको मासिक बैठकको अवसरमा मंगलबार छात्रालाई सेनेटरी प्याड र प्राथमिक उपचारका सम्पूर्ण सामग्रीसहितको किट बक्स वितरण गरिएको हो। बक्समा सेनेटरी प्याड, सिटामोल, आँखामा लगाउने मलम, बान्ता रोक्ने औषधिलगायतको औषधि रहेको बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes