तेह्रथुममा चारजनामा डेंगुको संक्रमण भेटियो - Pahilo Online

तेह्रथुममा चारजनामा डेंगुको संक्रमण भेटियो

writer

तेह्रथुम–पूर्वका तराई जिल्लामा फैलिएको डेंगु रोग तेह्रथुममा पनि ४ जनामा फेला परको छ । हालै जिल्ला अस्पताल तेह्रथुममा उपचारका लागि आएका बिरामीहरुमध्ये अहिलेसम्म चार जनामा डेँगुको संक्रमण भएको भेटिएको हो । पछिल्लो समय यातायातले तराई र पहाड जोडिएसंगै तराईमा रोग सार्ने लामखुट्टे र भुसुनाजन्य रोग विस्तारै पहाडमा पनि फैलिँदै गएकोले जिल्लामा डेंगु देखिएको हुन सक्ने जिल्ला अस्पतालका डा.आनन्दकुमार देवले बताए ।

अहिले विरामी चारैजनाको जिल्ला अस्पतालमै उपचार भैरहेको छ । विरामीकोे अवस्था सामान्य भन्न नमिल्ले अस्पतालले जनाएको छ । भदौ दुई देखि चार गतेसम्म उपचारका लागि अस्पताल पुगेका दुई महिला र दुई पुरुषको रगत परीक्षणका क्रममा डेँगु देखापरेको होे । चार मध्ये दुईजना विरामीले केही हप्ता अघि सुनसरीको धरान पुगेर आएको बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes