हङकङमा सरकार बिरोधी प्रदर्शनमा भीड नियन्त्रण गर्न गोली प्रहार - Pahilo Online

हङकङमा सरकार बिरोधी प्रदर्शनमा भीड नियन्त्रण गर्न गोली प्रहार

writer

काठमाडौं–हङकङमा सरकार बिरोधी प्रदर्शनमा प्रहरीले गोली प्रहार गरेको छ । दुई महिनादेखि जारी आन्दोलनले उग्र रुप लिएपछि भीड नियन्त्रण गर्न गोली प्रहार गरिएको बताइएको छ । भिक्टोरिया पार्कमा भेला भएका प्रदर्शनकारीहरुलाई तितरबितर पार्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रहार गरेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यस्तै प्रहरी र प्रदर्शनकारीबीच भएको झडप नियन्त्रणका लागि अश्रु ग्याससमेत प्रहार गरीएको छ । जसका कारण दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । अपराध र बलात्कार आरोपीलाई मुख्य भूमी चीनमा सुपुर्दगी गर्ने सम्बन्धी विधेयक ल्याएपछि त्यसको बिरुद्धमा आन्दोलन चर्किएको हो ।

हङकङको प्रदर्शनलाई चीनले भने आतंकबादी हमलाको संज्ञा दिएको छ । बढ्दो तनावकाबीच चीनले हङकङ नजिकैको सेन्झेन शहरमा हजारौ सशस्त्र सुरक्षा फौज तैनाथ गरेको छ । प्रदर्शनकारीहरुले भने सरकारले आफूहरुमाथि ज्यादती गरेको भन्दै आन्दोलन झन चर्काउने चेतावनी दिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes