प्रदेश १ को प्रदेशसभा भवन निर्माणसम्बन्धी विधेयक सर्वसम्मतिले पारित - Pahilo Online

प्रदेश १ को प्रदेशसभा भवन निर्माणसम्बन्धी विधेयक सर्वसम्मतिले पारित

प्रदेश लोक सेवा विधेयकको प्रतिवेदन सदनमा प्रस्तुत

writer

मोरङ – प्रदेश १ को प्रदेशसभाको ३९औँ बैठकले प्रदेश भवन निर्माणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । सोमबार बसेको प्रदेश सभाको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

यसअघि उक्त विधेयक दफावार छलफलको लागि प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा गएको थियो । समितिले आइतबारको प्रदेशसभा बैठकमा प्रतिवेदन प्रस्तुत गरिसकेको थियो । प्रतिवेदनमाथि सोमबारको बैठकमा छलफल गर्ने कार्यसूची भएपनि त्यसमा भाग लिन कुनै पनि सांसदले नाम दर्ता गराएनन् । कुनै पनि संसदले छलफलमा सहभागी नहुने भएपछि सभामुख प्रदीप भण्डारीले निर्णयार्थ सदनमा प्रस्तुत गरेका थिए ।

विधेक पारित गरियोस् भनी मुख्यमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले सदनमा प्रस्तुत गरेका थिए ।

प्रदेश लोक सेवा विधेयकको प्रतिवेदन सदनमा प्रस्तुत

प्रदेश लोकसेवा आयोग गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन सुशासन तथा योजना समितिले सदनमा प्रस्तुत गरेको छ । सोमबारको बैठकमा प्रतिवेदन समितिका सभापति अर्जुन राईले प्रस्तुत गरेका थिए । विधेयकमा २० जना सांसदले ८ वटा संसोधन दर्ता गराएका थिए । विधेयका संसोधन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सभापति राईले प्रस्तुत गरेका थिए । समितिले आन्तरिक मामिला तथा कानुन मन्त्रीसहित विज्ञहरुसँग समेत दफावार छलफल गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes