निर्माणका कामहरुलाई गुणस्तरीय बनाउन सुझाव सहितको अनुगमन् - Pahilo Online

निर्माणका कामहरुलाई गुणस्तरीय बनाउन सुझाव सहितको अनुगमन्

writer

Santosh Khaling Rai

पथरी– मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा भएका विकास निर्माणका कामहरुलाई गुणस्तरीय बनाउन सुझाव सहितको अनुगमन् भएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमला सहितको समिति सदस्यहरुको टोलीले आइतबार केही वडाहरुको योजना अनुगमन् गर्दै सुझाव दिएको हो ।

यस क्रममा पथरी डाइनिया सडकको कामलाई गुणस्तरीय रुपमा अघि बढाउन सुझाव दिइएको छ । त्यस्तैगरी, वडा नम्वर ६ को कोठेबारीमा पुल निर्माणको काम चाँडो सम्पन्न गर्न निर्देशन समेत दिइएको अनुगमन् संयोजक वास्तोलाले बताइन्।

टोलीले, वडा नम्वर ६ र ८ जोड्ने पुल निर्माण तथा ३ र ७ जोड्ने पुल निर्माण कार्य सुरु गर्न प्रारम्भिक अनुगमन् गरिएको छ । यस अघि टोलीले डाँसखोला क्षेत्रमा बाढीले कटान गरेको ठाउँमा तत्काल तटवन्धका लागि स्काभेटर प्रयोग गरिएको सम्वन्धमा पनि अनुगमन् गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes